नियम
जीवन बिमा व्यवसाय
(१) जीवन बिमा व्यवसाय अन्तर्गत बिमकले देहायका बिमा व्यवसाय गर्न सक्नेछन्ः–
(क) आजीवन जीवन बिमा ।
(ख) सावधिक जीवन बिमा ।
(ग) म्यादी जीवन बिमा ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि समितिले आवश्यकतानुसार जीवन बिमा व्यवसायको अन्य किसिमहरू समेत तोक्न सक्नेछ ।
(३) यस नियमबमोजिम गरिने जीवन बिमाको लेखका शर्त एवं सुविधाहरू समितिले तोकिदिएबमोजिम हुनेछ ।